अमरेन्द्र कुमार यादव, महेन्द्रनगर २१ मंसिर । खाना पकाउने ग्यासको अभाव भएको अवस्थाको गलत फाइदा उठाई बालोबजारी गरेको आरोपमा धनुषाको मिथिला नगरपालिकामा एकजना ग्यास विक्रेता पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारी अनुसार बिक्रेतालाई पक्राउ गरी अहिले जिल्ला प्रहरी कार्यालय धनुषाकोे हिरासतमा राखिएको छ । पक्राउ पर्नेमा मिथिला नगरपालिका १ बस्ने ३५ वर्षीय बलराम श्रेष्ठ रहेका छन् ।

श्रेष्ठ डिलरका सञ्चालक रहेको श्रेष्ठ आफ्नो घरमा ग्यास लुकाएर राखी कालो बजारी गरी महँगो मूल्यमा बिक्री गरेको भन्दै उनलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगर पक्राउ गरेको हो ।

उनले आधा सिलिन्डर ग्यास रु. १३ सयका दरले बिक्री वितरण गर्ने गरेको भन्ने सूचनाका आधारमा छापा मार्दा ग्यास वितरण गर्दै गरेको अवस्थामा फेला पारिएको प्रहरीले जनाएको छ ।

सो क्रममा लुकाई राखेको ग्यास सिलिन्डर २ थान बरामद गरी ल्याइएको प्रहरीले जनाएको छ । श्रेष्ठलाई कालोबजारीअन्तर्गतको मुद्धा चलाई थप अनुसन्धान र कारबाही थालिएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.