हुलाकी न्यूज,जनकपुरधाम । जयनगर सञ्चालनका लागि सरकारले फेरि रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ ।

अध्यादेशका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मस्यौदा तयार गरेर कानुन मन्त्रालयका रायका लागि पठाएको हो ।
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले रेल चलाउनका लागि कानुन अपरिहार्य भएकाले अध्यादेश ल्याउन लागिएको बताए ।

२२ वैशाख, २०७८मा पनि सरकारले रेल्वे अध्यादेश जारी गरेको थियो । तर, संसद अधिवेशन शुरु भएको ६० दिनभित्र पास नभएकाले अध्यादेश निष्क्रिय भएको थियो ।

अब यसअघि जारी भएको अध्यादेशमा केही पक्ष मात्रै परिवर्तन गरेर मस्यौदा तयार गरिएको सचिव श्रेष्ठले बताए । सरकारले आवश्यक तयारी पुरा नगर्दा रेल ल्याएपनि सञ्चालनमा आउन सकेको छैन ।
भारतबाट नेपाल सरकारले सञ्चालनको लागि ल्याएको रेल कानुन अभावमा धनुषाको इनरुवामा एक वर्षदेखि थन्क्याएर राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.