हुलाकी न्यूज, जनकपुरधाम । गौशालादेखि काठमाडौं तर्फ जाँदै गरेको ना ५ ख ३०९९ नम्बरको उग्रतारा ट्राभल्स बस अनियन्त्रित भएर बर्दिवास नगरपालिका वडा नं. ५ टुटेश्वर चोक सडक खण्डमा शनिबार साँझ पल्टेर दुर्घटना भएको छ ।
दुर्घटनामा २० जना घाइते भएको इलाका प्रहरी कार्यालय बर्दिवासले बताए ।
घाइते मध्ये ३ जनाको उपचार मोडल अस्पताल लालगढमा भइरहेको छ भने अन्य घाइतेहरुको उपचार बर्दिवास स्थित शुभ स्वस्तिक अस्पतालमा उपचार भई रहेको प्रहरीले बताएका छन् ।



