जनकपुरधामः
प्रदेश २ को मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले विभिन्न विषयको स्नातक तहको पठन पाठन गर्ने तयारी पूरा गरेको छ।

प्रतिष्ठानका उपकुलपति डा राम केवल साहले गत वर्ष फागुन २५ गते स्थापना भएको प्रतिष्ठानले पहिलो चरणमा ल्याबतर्फको जनशक्ति उत्पादन गर्नका लागि बीएमएल, नर्सिङतर्फको बीएस्सी नर्सिङ तथा पब्लिक हेल्थतर्फ बीपीएचको पठनपाठन एक दुई दिनमा सुरु गर्ने तयारी गरेको जानकारी दिए। सबै विषयको अध्ययन अध्यापनका लागि विद्यार्थी भर्ना तथा पाठ्यक्रमको निर्माण गर्ने काम भइसकेको उपकुलपति डा साहले बताए।

जनकपुरधामको मणिपाल शिक्षण कलेजलाई नै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको अध्ययन अध्यापन गर्ने थलो बनाइएको छ। शिक्षण अस्पतालको रुपमा प्रादेशिक अस्पताल जनकपुरधामको सेवा विस्तार गर्ने गरी प्रतिष्ठानले काम अगाडि बढाएको छ। पहिलो पटक स्नातक तहका तीनवटा विषयको अध्यापन अनुमति प्रतिष्ठानले प्राप्त गरेको छ। जसअन्तर्गत नर्सिङ, पब्लिक हेल्थ तथा ल्याबतर्फका लागि २०र२० वटा सिटमा भर्ना पनि भएको प्रतिष्ठानले जनाएको छ।

तोकिएको शुल्कमा नबढ्ने गरी अध्ययन अध्यापन गराउने उपकुलपति डा राम केवल साहले बताए। निकट भविष्यमा नै एमडी तथा एमएसको स्वीकृति लिएर विशेषज्ञ चिकित्सक तयार पार्ने पक्षमा प्रतिष्ठान रहेको उपकुलपति डा साहले बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.