हुलाकी न्यूज, जनकपुरधाम । कृषि, प्रकृति आ संस्कृतिक समिश्रण छठि पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चारदिन मनाइने यो पर्वमा सम्पूर्ण शक्तिको स्रोत सूर्यको उपासना गर्ने गरिन्छ।

यस पर्वको पहिलो दिन नुहाएर चोखो भइ खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको र आज चौथो दिन उदाउँदै गरेको सूर्यलाई अर्घ दिएपछि विधिवत् रुपमा पर्व समापन भएकाे छ।

जनकपुरको विभिन्न प्रसिद्ध तलाउहरुमा भगवान सूर्यलाई अर्घदिई प्रसाद लिन्दै भक्तजनहरू घर तर्फ लागेका छन्।

जनकपुरको रामायणकालीन पोखरीहरू धनुषा सागर, गंगा सागर, दशरत तलाउ ,लक्षमण तलाउ, सीता कुण्ड ,रुक्मणी तलाउ, सरोषवती तलाउ,अंगराजसर लगायत पोखरीमा छठमातालाई अर्घदी समापन गरिएको छ ।

जनकपुरको प्रसिद्ध गंगा सागरको डिलमा छठपूजा गर्न पोखरीको चारैतिर करीब पाँच हजार भन्दा बढी भक्तजनले एकसाथ छठ पर्व मनाएका गंगा सागर छठ पूजा समितिले जनाएको छ।

छठ पर्व घरेलु उत्पादनमा निर्भर हुन्छ। आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामल लगायत अन्नलाई धोई पखाली जाँतोमा पिसेर पीठोबाट छठका सामग्री बनाउने गरिन्छ। छठमा चढाइने वस्तुको शुद्धताले नै यस पर्वलाई अन्यभन्दा फरक तुल्याएको शिव चोकमा रहेको शिव मन्दिरका पूजारी राम बाबाले बताउँछन्।

उनका अनुसार, सामान्य रूपमा नभई पूर्ण चोखोपनाले सतर्कतापूर्वक चामल, गहुँलाई केलाएर, धोएर, सुकाएर, पिँधेर राखिने गरेको र यो चोखोपनाको विशिष्ट पक्ष नै यस पर्वको विशेषता हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.