हुलाकी न्यूज, जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ का वडा अध्यक्ष शिवकुमार साहले वडावासीलाई छठपुजाका समाग्री वस्त्र तथा नगद वितरण गरेका छन् । 
वडा नं २ कार्यालयमा कार्यक्रमको आयोजना गरि वडा अध्यक्ष साहले वडाका बासीहरूलाई छठपुजामा कुनै पनि समस्या नहोस भन्ने उद्देश्यले आफनो व्यक्तिगत लगानीमा कपडाका (सारी), अगरवती र नगद पाँचसय एकावन रुपैया सहयोग स्वरुप वितरण गरेको बताएका छन् ।
वडा अध्यक्ष साहले करिव एक हजार ब्रतालुलाई सरसमान व्यक्तिगत लगानीमा वितरण गर्न लागेको बताए ।
यस कार्यक्रममा प्रमुख आतिथ्यमा वडाकी ९५ वर्षिय वृद्वा ज्येष्ठ नागरिक शैलेष देवी,वडा नं २ का अध्यक्ष शिव कुमार साह, वडा सदस्य महिलामा शुभ ढुङ्गाना,वडा सदस्य युवा अमित कुमार साह,वडा सचिव गंगा प्र.शर्मा, र अतिथीमा वडा नं ५ का सदस्य सन्तोष साह,गणेश युवा कमिटीका अध्यक्ष सन्तोष महतो लगायतको उपस्थिति रहेका थिए ।





