हुलाकी न्यूज, जनकपुरधाम । बीरगन्ज स्थित नेपाल भारत सीमा नाका रक्सौल आइतवार बिहान देखि आंशीक रुपमा सिल गरिएको छ ।

भारतका उपराष्ट्रपति बंकैया नायडु, बिहार मोतीहारीको पिपराकोठीमा आएकाले त्यसैलाइ लक्षित गरि भारतीय सुरक्षा अधिकारीहरुको आग्रहमा बीरगन्ज रक्सौल नाका आइतवार बिहान देखि आंशीक रुपमा निजी सवारी साधन बन्द गरिएको र पैदल यात्रुहरुलाइ आवत जावत सुचारु रहेको पर्साका प्रमुख प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

सिमावर्ती भारतीय शहरमा भारतीय उपराष्ट्रपतिको भ्रमण भएकाले सुरक्षाको ख्याल राख्दै भारतीय सुरक्षा अधिकारीहरुको आग्रहमा आइतवार बिहान देखि भोली सम्मका लागि मात्रै वीरगन्ज रक्सौल नाका आंशीक सिल गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.