अर्कना खातुन, काठमाण्डौ २० मंसिर । कोसी पूर्वका जिल्लाहरुमा आन्दोलनको मध्य समयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासहितका मोर्चाहरु असफल हुनै लागेको थियो । झन् इटहरी घटनाले पूर्वमा मधेशीहरुको मनोबल घटाएको थियो ।

तर पछिल्लो समय कोसी पूर्वका जिल्लाहरुमा मधेशीहरुको मनोबल बढ्दै गएको छ । त्यस क्षेत्रमा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन र स्वतन्त्र मधेशी समाजले सक्रियता देखाएर विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

शनिबार मात्रै विभिन्न क्षेत्रका विद्धानहरुलाई समेटेर विराटनगरमा विशाल कार्याक्रम सम्पन्न गरेको छ । त्यसअघि पनि मुस्लिम गठबन्धन र मधेशी समाजले कार्यक्रमहरु गर्दै आएका छन् ।

शनिबार बिराटनगरको महावीर चौकमा आयोजित सभामा विश्लेषक सीके लालले दिल्लीलाई दोष लगाएर आन्दोलनलाई बदनाम गरेर बन्दुकको बलमा दबाउने षड्यन्त्र राज्यले नै गरेको बताए पछि, हजारौं मधेशीहरुको तालिको गरगराहट सुनिएको थियो ।

‘अब जनता नै राजा भएकोले जनताको अधिकार प्राप्त गर्न आन्दोलनलाई कसैले रोक्न सक्दैन । वार्ताको नाटकमा धेरै नफसी आन्दोलनमा केन्द्रित भई नैतिकवान भएर लाग्नु पर्छ र सम्प्रादायिक हुनुहुँदैन ।’–लालले भनेका थिए ।

Ck lal-biratnagar

अर्का विश्लेषक खगेन्द्र संग्रौलाले भने, ‘जारी आन्दोलन कसैले उक्साएर थालिएको होईन, मधेश आन्दोलन जनताको सम्मान अधिकार स्थापित गर्नको लागि थालिएको हो ।’ सँग्रौलाको मनत्व्यमा मधेशीहरु र मधेशवासीहरु पनि निकै ताली बजाएका थिए ।

सँग्रोलाले पहाडीले भारतसँग सहयोग माग्दा पवित्र हुने र मधेशले माग्दा अपवित्र हुने प्रश्न समेत गरे । आन्दोलनकारीले देश तथा देश बाहिर सहयोग खोज्नु स्वभाविक रहेको उनले बताए ।

Khagendra-dai

पूर्वको कार्यक्रममा राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धन मोरङ संयोजक सलिम अन्सारीलगायतका मुस्लिम नेताहरु अग्रसर भएको देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.