हुलाकी न्यूज, जनकपुरधाम । गत शुक्रबार राति देखि डिजेल, पेट्रोल, मटितेल, हवाई इन्धन, खाना पकाउने ग्याँसको मृत्य नेपाल आयल निगमले बढाएको छ ।
निगमले स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१ ले तोकेअनुसार पेट्रोलको मुल्य बढाएर १३३ रुपैयाँ कायम गरेको छ । त्यस्तै डिजेल र मट्टतिेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले नै बढेर ११६ रुपैयाँ पुगेको छ ।

त्यस्तै एलपी ग्यासमा साविक बिक्री मूल्यमा प्रति सिलिण्डर रु. ५० रुपैयाँले बढाएर १ हजार ५०० रुपैयाँ प्रतिसिलिण्डर कायम गर्ने निर्णय गरिएको निगमका सहप्रवक्ता पुष्कर कार्कीले जानकारी दिए ।

त्यस्तै आन्तरिक तथा बाहृय हवाई ईन्धनको मुल्य समेत बढेको छ । निगमले साबिकको बिक्रि मूल्यमा प्रतिलिटर रू. १० ले वृद्धि गरी आन्तरिक हवाई इन्धनको मूल्य प्रति लिटर रु. ९६ तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रति किलो लिटर अमेरिकी डलर ८५३ कायम गरिएको छ ।

निगमले १ सेप्टेम्बर, १६ सेप्टेम्बर र १ अक्टोबर २०२१ मा ईण्डियन आयल कर्पोरेसनबाट प्राप्त मूल्य वृद्धि भई आउँदा निगमले मूल्य समायोजन गरेको थिएन ।पछिल्लो पटक इन्डियन आयल कर्पेरेसनबाट प्राप्त मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई १५ दिनमा करिव रू। २ अर्ब २२ करोड घाटा हुने अवस्था रहेको निगमले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको अवस्था देखिएकोले निगमको घाटा कम गर्न आगामी दिनहरुमा पनि मूल्य बृद्धि गर्नुपर्ने बाध्यतामा निगम रहेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.