हुलाकी न्यूज, दाङ २० मंसिर ।
१८ गतेदेखि दाङको चखौरामा सुरु भएको थारु युवा भेला ८ बुँदे घोषणा पत्र जारी गर्दै आइतबार सम्पन्न भएको छ ।

मधेश–थरुहटका विभिन्न जिल्लाबाट सहभागी भएका थारु युवाहरुले तीन दिनसम्म विभिन्न विषयमा छलफल गरेका थिए ।
आन्दोलनलाई सार्थक निस्कर्षमा टुँग्याउनु विभिन्न योजनाहरु बनाएका छन् ।

Tharu-youth-ghosnapatra

जसअन्तरगत ‘थारु युवा स्वयंसेवक’ दस्ता गठन गरिएको छ । जसको नेतृत्व विश्वभरी छरिएर रहेका थारुहरुको छाता संगठन थारु अराउण्ड द वल्र्डका अध्यक्ष महाविर चौधरीलाई दिइएको छ । चौधरीको नेतृत्वमा ११ सदस्यीय प्रारम्भिक तदर्थ समिति गठन गरिएको हो ।

कार्यक्रमको समापन पछि हुलाकी न्यूजसँग कुराकानी गर्दै महाविर चौधरीले थरुहट–थारुवान जागरण अभियान तथा भण्डाफोरका लागि ‘एक गाउँ १०० थारु युवा जाउँ’ नाराका साथ अभियानको थालनी गरिने बताए ।

चौधरीले भने,‘एतिहासिक युवा भेला सम्पन्न भएको छ । हामी यसलाई निरन्तरता दिदै जानेछौं । आगामी कार्यक्रम हाम्रो पथलैयामा हुनेछ ।’

Tharu-youth-2

कार्यक्रम समापन पछि आयोजित पत्रकार सम्मेलनमा थारु अगुवा सुरेन्द्र चौधरीले थारु युवाहरु अव सशक्त भएर लाग्ने बताए । चौधरीले थरुहट–थारुवानमा नयाँ नेतृत्वको आवश्यकता रहेको पनि औल्याए ।

उनले आन्दोलनको क्रममा भइरहेको कालोबजारी गर्नेहरुलाई कारवाहीसमेत गर्ने बताए ।

Tharu-Youth-1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.