हुलाकी न्यूज, भैरहवा २० मंसिर । आइतबार भैरहवाको बेलहीया नाकामा धर्ना दिन गएका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा केन्द्रीय नेतासहित आदा दर्जन नेताहरु पक्राउ परेका छन् ।

सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष ओमप्रकाश यादव गुल्जारीले हुलाकी न्यूजालई फोनमार्फत आफूहरुलाई प्रहरीले पक्राउ गरेको जानकारी गराएका छन् ।

उनीहरुलाई प्रहरी कार्यालय लगि रहेको अवस्थामा उपाध्यक्ष गुल्जारीले जानकारी गराएका हुन् ।

अन्य पक्राउ पर्नेहरुमा संघीय समाजवादी फोरम नेपालका रुपन्देही जिल्ला अध्यक्ष महेन्द्र यादव, तराई मधेश सदभावना पार्टीका जिल्ला अध्यक्ष श्रीनिवास यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष अजय वर्मा रहेका छन् ।

त्यस्तै अन्य नेताहरु राजकुमार सिंह र गणेश पाल पक्राउ परेको गुल्जारीले बताए ।

यता रुपन्देहीका डीएसपी रामेश्वर कार्कीले नेताहरुको पक्राउको पुष्टि गर्दै नाकामा अवरोध गर्न गएका कारण पक्राउ गरिएको बताएका छन् ।
फाईल फोटो

2 COMMENTS

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.