जनकपुरधाम,९ कार्तिक। डा .सिके राउत नेतृत्वको जनमत पार्टीले भ्रष्टाचार विरुद्ध मंगलबार धनुषाको १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको छ ।

जनमतका नेता कार्यकर्ताहरूले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत धनुषाको कमला नगरपालिका,जनकनन्दनी गाउँपालिका,सहिद नगरपालिका ,मिथिला नगरपालिका ,क्षिरेश्वरनाथ नगरपालिका ,गणेशमान चारनाथ नगरपालिकालगाइत जिल्लाका १७ वटा स्थानीय तहमा मोटरसाइकल जुलुस प्रदर्शन गरेको पार्टीका धनुषा सहसचिव नवीन पण्डितले बताए ।

उनका अनुसार पक्राउ परेका आफ्ना नेता कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले पूर्वनिर्धारित कार्यक्रमअनुसार आज दोस्रो दिन पालिका स्थानीय मोटरसाइकल जुलुस प्रदर्शन गरेको छ ।

उनिहरु ‘भ्रष्ट सरकार मुर्दाबाद,हाम्रो माग पूरा गर,हाम्रो कार्यकर्तालाई रिहा गर,जनमत पार्टी जिन्दावाद ,डा सीके राउत जिन्दावाद ,भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नाराहरु लगाएको थिए।

गत बिहीबार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरधामका निमित्त प्रमुख राजेश कुशवाहामाथि जनमत पार्टीका कार्यकर्ताले जनकारबाही गरेपछि प्रहरीले जनमतका १७ जना नेताकार्यकर्तालाई पक्राउ गरी हिरासतमा राखेको छ ।

आम जनता र जनमतका कार्यकर्ताले प्रमुख कुशवाहालाई जनकारबाही स्वरुप हिलो दलेर जनकपुरधाम नगर परिक्रमा गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.