जनकपुरधाम, कार्तिक ८ । जनमतका नेता कार्यकर्ताहरुले पूर्वनिर्धारित कार्यक्रमअन्तर्गत जनकपुरधाम सहित ८ वटै जिल्लाका सदरमुकामहरुमा सिटी जुलुस प्रदर्शन गरेको हो ।
पक्राउमा परेका निर्दोर्ष जनताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमतले पूर्वनिर्धारित कार्यक्रम अनुसार सिटी जुलुस प्रदर्शन गरेको छ ।
जनमत पार्टीले भोली मंगलबार पालिकाहरुमा बाइक रैली गर्दै नारा माइकिङ्ग गराउने, बुधबार मशाल जुलुस निकाल्ने, बिहीबार वडामा युवा दस्ता प्रशिक्षण दिने, आरपार आन्दोलन गर्न तयारी गर्ने, शुक्रबार जिल्ला सदरमुकाममा मशाल जुलुस निकाल्ने, कार्तिक १३ गते शनिबार अधिवेशनका कार्यक्रमहरू सम्पन्न गर्ने, कार्तिक १४ गते आइतबार केन्द्रीय कार्यकारिणी समिति र जिल्ला कार्यकारिणी समितिको बैठकले आन्दोलन समीक्षा गरी आन्दोलनको थप कार्यक्रम ल्याउने, कार्तिक १५ गते सोमबार गाउँपालिकाको ठूलो बजार र हटियाहरूमा कोणसभा गरेर आन्दोलनका मागहरू जनता समक्ष अवगत गराउने र कार्तिक १६ गते मंगलबार वडा तथा टोलहरूमा कोणसभा र अन्तरक्रिया कार्यक्रमहरू गरेर माग जनता समक्ष अवगत गराउने, सबै जनता आन्दोलनमा आउने गरी सर्वपक्षीय जनआन्दोलनको तयारी गर्ने कार्यक्रम निर्धारण गरेको पार्टी अध्यक्ष डा.सिके राउतले जनाएका छन् ।









