हुलाकी न्यूज, मलंगवा २० मंसिर । सर्लाहीको लालबन्दी–नवलपुरबीचको जंगलमा चुरे भावरका कार्यकर्ताले आक्रमण गर्दा मधेशी युवाको आँखा गुमेको छ ।
लालबन्दीबाट नवलपुर मधेशी मोर्चाको आन्दोलनमा मोटर साइकलमा साथी लिएर आउँदै गरेका हरिपुर–१ का १८ वर्षीय मेथुन पासवानको दाया आँखा गुमेको हुलाकी न्यूजलाई बताएका छन् ।
मधेशी मोर्चाले सर्लाहीको नवलपुरमा विहीबार राखेको आमसभामा जाँदै गरेका पासवानलाई चुरेभावरका कार्यकर्ताहरुले बागवानिको उत्तरपटीको जंगलमा रहेको पोखरी नजिक मोटर साइकलमाथि भाठा लिएर आक्रमण गरेका थिए ।
भावरका कार्यकर्ताले पासवान चढेको बा २१ प ९९० नम्बरको डिस्कभर मोटरसाइकलमा आगजनीसमेत गरेका थिए । कारिब ४०/५० जनाको संख्यामा रहेका भावरका कार्यकर्ताले मोटर साइकल पछाडि बसेका करण साह र पासवानलाई निर्घात कुटपिट गर्दै आँखामा भाटा लिएर घोच्दा उनको आँखा गुमेको हो ।
नजिकै रहेका प्रहरीले उद्धारका लागि कुनै पहल नगरेपछि मोटर साइकलमा भावरका कार्यकर्ता आगजनि गर्न थालेपछि जंगल हुदै पासवान र साह भाग्न सफल भएको साहले बताएका छन् ।
रगतले मुख लतपत भएको पासवानलाई नैत्रगंज–७ का स्थानीयले पानी खान दिएर घरमा लुक्न दिएका थिए । जंगलमा पासवानमाथि भावरका कार्यकर्ता आक्रमण गरेलगतै नवलपुरमा प्रहरीले गोली फायर खोलेका कारण केहि बेर उनी जंगल छेउकै बस्तीमा लुकेर बसेका थिए ।
आफन्तलाई फोन गरेर बोलाएपछि आँखा उपचारका लागि उनलाई गौरस्थित आँखा अस्पताल पु¥याएका थिए । बिहिबार अबेर रातीसम्म नवलपुरमा तनाव कायम रहेका कारण तत्कालै उपचारका लागि अस्पताल पुग्न नसक्दा अत्यधिक रक्तश्राव भएर आँखा बाहिर आएको जनाइएको छ ।
अस्पतालमा आखा देख्न नसक्ने भएका कारण शुक्रवार बेलुका उनको आँखाको नानी नै झिकिएको गौर आँखा अस्पताल परेन्वाका मेडिकल अधिकृत रामचन्द्र पासवान हुलाकी न्यूजलाई बताए ।
यता आक्रमण गर्ने चुरेभावरका कुनै पनि कार्यकर्ता पक्राउ परेका छैनन् । स्थानीयसावीहरुले चुरेभावरका कार्यकर्ताहरुलाई प्रहरीले नै प्रोत्साहन गरिरहेको आरोप लगाएका छन् ।
फाईल तस्बिर




its time to kill chure bhawar…mass killing