जनकपुरधाम, कार्तिक ६ । जन जागृती युवा क्लब सुखिपुर द्वारा आयोजित निशुल्क आँखा तथा कान जाँच शिविर सम्पन गरीएको छ।

निशुल्क आँखा तथा कान जाँच शिविर कार्यक्रममा सुखिपुर ना.पा. ८ मा वस्ने जनमत पार्टीका सकृय सदस्य तथा कृषि विज्ञ राजिन्द्र साहुले त्यस ठाउँका जनतालाई आँखा तथा कान जचाउँन बाहिर जान समस्या भएकोले आँखा तथा कान अस्पताल निर्माणको लागि दुई(२) कठा जग्गा दान गरेका छन्।

सँगै भवन निमार्णको लागि प्रदेश सांसद माननिय मदन सेन श्रीस्तावले आफ्नो संसदीय कोषबाट १८ लाख दिने प्रतिबद्धता समेत गरेका छन्।

निशुल्क शिविरमा आँखा विरामी – १६५/- जना त्यसबाट अप्रेसनको लागि छनोट भएको विरामी ७०/- जना रहेका छन भने कानको विरामी – ३५/- जना सेवा लिएर लाभनित भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.