हुलाकी न्यूज, १९ मंसिर । नेपाली काँग्रेससहित सत्ता पक्षीय दल र संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाबीच शनिबार राती भएको छलफलमा पनि सत्ता पक्ष नरम नभएको मोर्चाका नेताहरुले बताएका छन् ।
छलफल पछि मोर्चाका वार्ता टोली सदस्य लक्ष्मण लाल कर्णले हुलाकी न्यूजसँग भने,‘आज पनि सत्ता पक्षका नेताहरु नरम देखिएनन् । उनीहरुको मनोभावनामा केही परिवर्तन आएको छैन । अहिले पनि त्यही अडानमा बसेका छन् । लाग्छ उनीहरुलाई जनताले पाइरहेको दुःखको बारे जानकारी छैन ।’
कर्णले आजको वार्तामा पनि सत्ता पक्ष र काँग्रेसले त्यही तीन बुँदे ल्याएकोले वार्ता निस्कर्षविहिन सकिएको बताए ।
कर्णले भने, ‘हाम्रो ११ बुँदेमा प्रत्येक बुँदामाथि छलफल गर्न हामीले भन्यौं तर उनीहरुले तीन बुँदे देखाउँदै सहमति तिर जान खोजेनन् । उनीहरु वार्ताको पक्षमा नभई नाटक गरिरहेको र नेपाली जनतालाई थप पीडा दिन खोजेको छ ।’




fuck nepal goverment…and lets declare free madesh