जनकपुरधाम, कार्तिक ५ । डा. सीके राउत नेतृत्वको जनमत पार्टीका नेता–कार्यकर्ताले आज जनकपुरधाममा विरोध प्रदर्शनको तयारी गरेका छन् । पक्राउ परेका आफ्ना कार्यकर्ताको रिहाइको माग गर्दै प्रदर्शनको तयारी गरेका हुन् ।
पार्टीका नेता कार्यकर्ताहरुले भ्रष्टाचार विरुद्ध नाराबाजी गर्दै प्रदर्शन गर्ने जनमत पार्टीले बताए ।खानेपानी तथा ढल निकास आयोजना जनकपुरका निमित प्रमुख जागेश्वर कुशवाहालाई जनकारवाही गरेको आरोपमा पक्राउ परेका जनमत पार्टीका १७ कार्यकर्तालाई छुटाउन दबाबस्वरूप प्रदर्शन गर्न लागेका हुन् ।
बिहीबार संघीय खानेपानी तथा ढल निकास आयोजनाका निमित प्रमुख कुशवाहलाई जनकारवाही स्वरूप जनमत पार्टीले कारवाही गरेको थियो । कार्यकर्ता रिहाइको माग गर्दै बिहीबार साँझ पनि जिल्ला प्रहरी कार्यालय धनुषाअगाडि प्रदर्शन गरिएको थियो ।



