हुलाकी न्यूज, बारा । जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष अब्दूल खानले कर्मचारीतन्त्रमा व्याप्त रहेको भ्रष्टाचारको भूत निकाल्ने अभियान अन्तर्गत जनकपुरका खानेपानी तथा ढल विभागका प्रमुखलाई जनकारवाही गरिएको बताएका छन ।
पटक पटक निवेदन, ज्ञापन पत्र दिए पनि कर्मचारी र जनप्रतिनिधीहरुले टेरपुच्छर नलगाएपछि जनतासंग रहेको अन्तिम विकल्पको रुपमा जनकारवाही गर्नुपरेको उनले बताए ।
त्यस्तै, भ्रष्टाचारीलाई कारवाही हुंदा आफ्नो जाति समुदायसंग जोडेर संरक्षण गर्ने खालका जातीगत संगठन पनि भ्रष्टाचारीको मतियार भएको उनले आरोप लगाए ।



