जनकपुरधाम, कार्तिक २ गते । प्रदेश २ को अस्थायी राजधानी जनकपुर लगातारको भारी वर्षापछि जलमग्न बनेको छ। गत सोमबार मध्यरातिदेखि सुरू भएको वर्षाका कारण जनकपुर जलमग्न भएको छ भने जनकपुरको अधिकांश घरहरूमा पानी प्रवेश गरेपछि जनजीवन कष्टकर बनेको छ।
जनकपुर उद्योग वाणिज्य संघका पूर्ववरिष्ठ उपाध्यक्ष जीतेन्द्रप्रसाद साहले भने पानी निकासका लागि उपमहानगरपालिकाले समयमै चासो नदिँदा मुख्य बजार क्षेत्र भानु चोक, जनक चोक, राम चोकका,रामंद ,होस्पितलरोड साथै अधिकांश क्षेत्र डुबानमा परेको छ भने समस्या समेत भोग्नु परेको बतानुभयो ।
साहका अनुसार जनकपुरमा लगातार सात घण्टासम्म वर्षा भएको हो। अत्याधिक वर्षाका कारण अन्तःशुल्क, जिल्ला हुलाकलगायतका सरकारी कार्यालयहरू डुबानमा परेका छन्।





