अर्कना खातुन,
वीरगंज, १९ मंसिर ।

मुस्लिम वेलफेयर सोसाईटी नेपालले शनिबार अंग्रेजी भाषाको तीन महिने तालिम दिने कार्यक्रमको उद्घाटन गरेको छ । सोसाईटीका केन्द्रिय अध्यक्ष एवं नेपाल प्रेस काउन्सीलका सदस्य रहमतुल्लाह मियाँको सभापतित्वमा उद्घाटन सम्पन्न भयो ।

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी ईन्जिनियर जक्की अहम्दले ‘तीन महिने तालिमबाट बिद्यार्थीहरुलाई धेरै फाईदा हुने बताए । उनले अंग्रेजी भाषा बिश्वकै सम्पर्क भाषा भएकोले यसको महत्व निकैनै ठुलो रहेको बताए ।’

english training1मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेलले ‘सबै भाषाको महत्व उत्तिकै हुन्छ, तर अंग्रेजी भाषाको ज्ञान नभएसम्म आजको युगमा बिद्यार्थीको जिवन अधुरो रहने बताए ।’ तालिमका प्रशिक्षक अकबर हवारीले ‘अंग्रेजी भाषा अन्तराष्ट्रिय सम्पर्क भाषा रहेको हुनाले देश देखि बिदेशसम्म यसको छुटैनै महत्व रहेको बताए ।’

तमलोपा नेतृ एवं बारा जिल्लाकी महिला अधिकारकर्मी पिंकी यादवले ‘यस तालिमबाट भविष्यमा छात्राहरुलाई निकै फाईदा हुने बिश्वास व्यक्त गरिन । उनले भनिन् कुनै पनि तालिममा महिलाहरुले ईमन्दारीपुर्वक सिक्ने चाहाना गर्छन् ।’

उद्घाटन समारोहमा कार्यक्रम संयोजक एवं पत्रकार एस.एमजहाँगस्तले स्वागत मन्तव्य एवं ईस्लामिक संघका केन्द्रिय सदस्य मुज्तुवा अंसारीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा डाक्टर हसिबु रहमान, भोला अंसारी, जमिल अख्तर, मुरतुजा अंसारी, प्रशिक्षकद्वव अकबर हवारी, फरमुद मियाँ लगायत बिद्यार्थीहरु, संचारकर्मी र स्थानियवासीहरुको उपस्थिती रहेको थियो ।

तीन महिने तालिम वीरगंज १७ स्थित सुफा आईडियल एकेडेमी गण्डक बहुअरीमा संचालन गरिने संयोजक एस.एमजहाँगस्तले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.