जनकपुरधाम, असोज २८ । जनकपुरको शक्ति पीठ माता राजदेवी मन्दिरमा १४ हजारभन्दा बढी बोकाबलि भएको छ। वडादसैंअन्तर्गत महाष्टमी तिथिको राति राजदेवी मन्दिरमा १४ हजार २९१ बोकाबलि भएको हो।

गत बुधबार राति ७ बजेर ५३ मिनेटमा सुरू भएको बोकाबलि बिहान ३ बजेर ४० मिनेटसम्म चलेको थियो। बोकाबलिलाई व्यवस्थापन गर्न स्थानीय श्रि महावीर युवा कमिटी, राम युवा कमिटीसहित र अन्य स्थानीय युवा कमिटीका सयौं युवाहरू परिचालन गरिएको थियो।

यस्अ अधि अघिल्लो वर्ष राजेदवी मन्दिरमा ८ हजार ९६८ बोकाबलि भएको थियो। गत वर्ष कोरोना महामारीका कारण श्रद्धालुहरू आउन नसकेका थिएनन्।
मन्दिरमा बोकाबलि दिन नेपालका साथै छिमेकी भारतबाटसमेत श्रद्धालुहरू आउने गर्दछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.