जनकपुरधाम,असोज २७ । सिरहाको सुखिपुर नगरपालिका वडा नं ८ स्थित उधोग वाणिज्य संघमाको हलमा जनमत पार्टीले नगर स्तरिय शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन्।
कार्यक्रमको प्रमुख अतिथिमा जनमत पार्टी केन्द्रीय उप-महासचिव ईन्द्रजित यादवको उपस्थितमा विजयादशमी , शुभदिपावली तथा छ्ठ पर्वको अवसरमा नगर स्तरीय शुभकामना आदनप्रदान कार्यक्रम भव्यताका साथ सम्पन्न गरेका हुन् भने यस कार्यक्रममा सहभागी २०० जना विभिन्न वडाका नेता कार्यकर्ताहरु औपस्थि उपस्थिति थिए।
जनमत पार्टीका केन्द्रीय उप-महासचिव यादवले आगामी चुनावको तयारीमा लाग्न कडा निर्देशन दिँदै समेत बताएका छन्।
यस शुभकामना आदनप्रदान कार्यक्रममा जनमत पार्टीका केन्द्रीय सदस्य राजकुमार त्यागि,जिल्ला सचिव सन्तोष यादव,विधार्थी जनमत संघको पुर्व-केन्द्रिय अध्यक्ष पोषण यादव,विधार्थी जनमत संघको पुर्व-केन्द्रिय सदस्य नवरतन साह उपस्थित थिए ।






