हुलाकी न्यूज, काठमाडौं १९ मंसिर । शनिबार साँझ तीन दलको छलफलमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सहभागि हुने भएको छ ।

शुक्रबारको छलफल बहिस्कार गरेका मोर्चाका नेताहरु शनिबार साँझ सात बजे हुने छलफलमा सहभागी हुने नेता लक्ष्मण लाल कर्ण हुलाकी न्यूजलाई बताए ।

यता संघीय समाजवादी फोरम नेपालको पार्टी कार्यालयमा शनिबार बसेको मोर्चाको अनौपचारिक छलफलमा परराष्ट मन्त्री कमल थापाले दिल्लीमा गरेको भनिएको सहमति मोर्चाका नेताहरुले अस्वीकार गर्ने जनाएका छन् ।

शनिबार प्रेस विज्ञप्ति जारी गर्दै मोर्चाले आइतबारबाट औपचारिक रुपमा दिल्लीमा नेताहरुसँग छलफल गर्ने जनाएको छ ।

विज्ञप्तिमा नवलपुर घटनाको भत्र्सनासमेत गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.