जनकपुरधाम,असोज २७ ।आज बडा दसैंको आठौं दिन जनकपुरसहित तराई क्षेत्रका विभिन्न शक्तिपीठहरूमा मैथिल महिलाहरूले माता दुर्गाको ‘खोंइछ’ भर्दै पूजापाठ गर्दै छन्।
मिथिलामा माता दुर्गाको ‘खोंइछ’ भर्ने विधि निकै पौराणिक रहेको छ जस्मा सप्तमीको साँझदेखि नै मिथिलानीहरूले खोंइछ भर्ने गर्दछन्। जनकपुरको प्रसिद्ध शक्ति पीठ राजदेवी, बौधी देवी, अमर खाना माई, रामानंद चोक, मुरली चोक, राउजौलमा मैथिल महिलाहरूले राती १२ बजे देखीनैं खोइछ भरेका छन्।
मिथिलामा छोरी घरबाट बाहिरिँदा उनलाई ‘खोंइछ’ दिने गरिन्छ। ‘खोंइछ’ मा पान, सुपारी, पैसा, धान वा चामल, सिन्दुर, बेसार, फूल र फल राखेर नयाँ कपडामा बाँधेर छोरीलाई दिने चलन छ भने खोंइछ भर्दा धनधान्यको प्राप्ती हुने र घरपरिवारमा सुखशान्ति र टुनामुना बाट जोगिन्छ जनहरुमाविश्वास रहेको छ। 











