जनकपुरधाम,असोज २६ । जनकपुरधामका व्यापारीहरुले गतसोमबार साँझ भन्सार कार्यालय जनकपुरधाम घेराउ गरेका थिए।
खसी बोका लिलाम गरेपछि आक्रोसित बनेका व्यापारीहरुले साँझ भन्सार कार्यालय घेराउ गरेका हुन् । जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठको नेतृत्वमा रहेका व्यापारीहरुले कार्यालय घेराउ गरेका हुन् । उनीहरुले खसी बोकाको व्यापार गर्ने व्यापारीहरुमाथि सुरक्षानिकायले अन्याय गरेको भन्दै कार्यालय घेराउ गरेका थिए । हेटौडा, निजगढ, हरिवन लगायत विभिन्न स्थानका किसानबाट खरिद गरी ल्याएको ५१ वटा खसी बोकासहित सात जनालाई लालगढ चौकीका प्रहरीले अवैध कारोबार गरेको भन्दै पक्राउ गरी भन्सार कार्यालयमा बुझाएको थियो ।

सोहि प्रहरीले राति अपहरण शैलीमा खसी बोका व्यापारीहरुलाई पक्राउ गरेको आरोप व्यापारीहरुको छ । नियन्त्रणमा लिएको खसी बोकासहित सातै जनालाई लालगढ प्रहरीले ईलाका प्रहरी कार्यालय ढल्केबरमा बुझाएको थियो । यसपछि ढल्केबर प्रहरीले थप कारबाहीको लागि सोमबार भन्सार कार्यालय जनकपुरमा बुझाएको थियो । भन्सारका कर्मचारीहरुले केही घण्टा भित्रै ७५ हजार अतिरिक्त रकमसहित तीन लाखमा धनुषा तारापट्टीका खसी व्यापारी सुरेश साहलाई खसी बोका लिलामी गरेको आरोप जउवासंघका अध्यक्ष महासेठले लगाए । व्यापारीहरु आन्दोलित भएपछि भन्सार कार्यालयले तीन लाख धरौटी लिएर खसी बोका व्यवसायीहरुलाई फिर्ता गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.