हुलाकी न्यूज, रुपन्देही । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रमा स्थानिय सुकुम्बासी र सुरक्षाकर्मी बीच झडप भएको छ । प्रहरीले जबरदस्ती सुकुम्बासी टहरा भत्काएको  बिषयमा विवाद भई झडप हुंंदा प्रहरीको गोली लागी चार जनाको मृत्यु भएको छ ।

गोली लागेर घाइते भएकाहरु मध्ये चार जनाको मृत्यु भएको भैरहवाको युनिभर्सल मेडिकल कलेजका जनसम्पर्क अधिकृत सुशील गुरुङ्गले जानकारी दिए । तीन जनाको अस्पताल ल्याउँदै गर्दा र एक जनाको उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलका अनुसार झडपका क्रममा १४ जना घाइते समेत भएका थिए ।

जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले अवश्था सामान्य बनाउन कर्फ्यू आदेश जारी गरेको छ। आइतबार ४ बजेदेखि लागू हुने गरी पूर्वमा तिनाउ नदी, पश्चिममा हरिहरपुरको खेती योग्य जमिन, उत्तरमा शिवनगर रानीगञ्ज वस्ती र दक्षिणमा बुटवल उपमहानगरपालिका–१८ औद्योगिक करिडोरको जमिन रहेको भागसम्म लागू हुने गरी कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।

अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा स्थानीय द्वारा ढंगामूढा गर्दा तनावको स्थिति सिर्जना भई गोली चलाउनु परेको तिवारीले दाबी गरे ।

तर स्थानीयले भने प्रशासनले सामान्य झडपमा समेत मधेशी बाहुल्य क्षेत्रमा अन्धाधुन्दा गोली चलाउन आदेश दिएको यो पहिलो घटना नभएको प्रतिक्रिया दिएका छन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.