जनकपुरधाम,असोज २२ । राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गर्ने कार्य शुरु भइसकेको छ ।

बडा दशैँको उपलक्ष्यमा जनकपुरको विभिन्न शक्तिपीठहरुमा पूजाको आवश्यक तयारी पूरा भएको छ । जनकपुरको ऐतिहासिक शक्तिपीठहरु भव्य रुपमा सजाइएको छ ।

स्थानीय युवा क्लवहरु दशैँलाई भव्य बनाउन जुटेका छन् भने प्रमुख शक्तिपीठ राजदेवी मन्दिरसहित एक दर्जनभन्दा बढी स्थानमा शक्तिस्वरुपा दुर्गाको मूर्ति स्थापना गरी दशैँमा पूजाअर्चना गर्ने गर्न तयारी गरिएको छ ।

राम मन्दिर परिसरभित्र रहेको राजदेवी मन्दिरसहित अन्य स्थानमा मूर्ति स्थापना गरी पूजा गरिने ठाउँहरुमा आकर्षक पण्डाल, रंगीचंगी बल्व जडान गर्ने कार्य शुरु भइसकेको छ ।

राजा जनकका कुलदेवता भनिएको प्रसिद्ध राजदेवी मन्दिरमा आकर्षक पण्डाल र भिलिमिल बत्तीहरू जडान गर्ने कार्य करिव पूरा भइसकेको महावीर युवा कमिटीले जनाएको छ । पण्डाल, बत्तीलगायत पूजा व्यवस्थापन गर्न १० लाखभन्दा बढी खर्च हुने अनुमान गरिएको छ ।

मन्दिरका मुलपुरोहित गणेश झाले मन्दिरमा पररम्पगत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रिक विधिको अनुसार समेत पूजा गरिने बताए ।

मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित गरिएको उनले जनाए । मुल पुरोहित झाले भने, ‘मन्दिरमा परम्परागत रुपमा हुने गरिएको पूजाको साथै तान्त्रिक विधिको अनुसार समेत पूजा गरिन्छ । मन्दिरमा तान्त्रिक विधि अनुसार पूजा हुने गरिएकै कारण दशैँभर महिलाहरुलाई राजदेवी मन्दिरमा पूजा गर्न वर्जित हुन्छ ।’

त्यस्तै घटस्थापनादेखि शुरु हुने पूजाअर्चना विजया दशमीसम्म चल्ने बताउँदै क्लबका अध्यक्ष मनमोहन शाहले दशैँलाई भव्य बनाउन नियमित पूजाका साथै भजन सन्ध्या लगायतको कार्यक्रम गरिने जानकारी दिए ।
। धार्मिक स्थलहरुमा हुने भजनकिर्तन तथा धार्मिक कार्यक्रमले जनकपुरमा छुट्टै रौनक छर्ने गर्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.