रंजन भण्डारी, जलेश्वर, १९ मंसिर । धनुषाको सबैला नगरपालिका ४ कुसमाहा सतोखरमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको नेतृत्वमा शनिवार बिहान १ सय ५ लिटर पेट्रोल नष्ट गरिएको छ ।

भारतबाट तस्करी गर्न ल्याएको पेट्रोल मोर्चाका स्थानीय नेता राजाराम कापरको नेतृत्वमा नष्ट गरिएको स्थानीय रविन्द्र उदासीले जानकारी गराएका छन् । सबैलाको बाटो भई तस्करी बढेका कारण मोर्चा र स्थानीयले तस्करी नियन्त्रण गर्न सबैलामा निगरानी बढाएपछि पेट्रोल समातिएको हो ।

सबैलाका विभिन्न मार्गहरुमा मोर्चा र स्थानीयले निगरानी राख्दै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.