जनकपुरधाम,१७ असोज धनुषाको सबैला नगरपालिकाको कार्यलय भवन अगाडि विगत १४औ दिन देखि रिले अनशनमा स्थानीय बसिरहेका छन्।

नगर प्रमुख बिजय शंकर प्रसाद साहले भ्रष्टाचार गरेको भन्दै स्थानीयहरुले भ्रष्टाचार विरुद्ध एक समितिनै गठन गरि नगरपालिकामा समितिले सूचना माग गर्दै निवेदन पेश गरेका थिए।

निवेदन पेश भएको ३ महिना भन्दा बढि भए पनि नगर प्रमुखले लिखित सूचना उपलब्ध नगराए पछि स्थानीयहरुले ‘असोज ४’गते देखि नगरपालिकाको भवन अगाडि अनशनमा बसेका थिए।

गत बिहिवार १४ गते मेयर साहले कार्यपालिका बैठक बसाएका थिए भने अनशनकारि संग बर्ता गर्न अनशनकारि सम्क्ष आएका थिए।तर अनशनकारिले बर्ता नगर्ने लिखित सूचना उपलब्ध गराउन अडान राखे पछि मेयर साह र अनशनमा बसिरहेका स्थानीय बिच भनाभान भए पछि झडप नै हुने सम्भावना उत्पन्न भए स्थानीय सुरक्षाकर्मिले दुबै पक्षलाई सान्त बनाए पछि वतावरण समान्य भएका थिए।

यसैगरि आज स्थानीयहरुले मेयर भैंसी भयो भन्दै स्थानीय भैंसी पालन गर्ने किसानहरुले भैंसी जुलुस निकालेका थिए।

भैंसीको घाँटीमा मेयर,अधिकृत,इन्जिनियर,अकाउन्टेन्टको बिल्ला झुन्डाएर जुलुस निकालेका थिए। बिहान ८ बजे सबैलाको बजार टोलबाट निकालिएको जूलूस बजार परिक्रमा गरि नगरपालिकाको कार्यलय अगाडि कोणसभा सम्पन्न गरेका थिए भने माग पुरा नहुने सम्म अनशन जारि राख्ने संयोजक सुरेश यादवले सम्बोधन गर्दै बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.