जनकपुरधाम,असोज १५ । भिठ्ठामोड भन्सार नाका आईतवारबाट खुल्ने छ ।लामो समयदेखि बन्द रहेकाले ब्यवस्थि गर्न समय लाग्ने जनाउँदै कार्यालयका प्रमुख गुणराज सुवेदीले आईतवारदेखि नाका सुचारु हुने जनाएका छन् ।
बीरगञ्ज पछि प्रदेश २ मा ठूलो भन्सार रहेको भिठ्ठामोड नाका अबरुद्ध हुँदा पर्यटन व्यवसाय धराशायी भएको थियो ।भन्सार नाका खुल्ने भएपछि व्यापारी व्यवसायीहरु हर्सित भएका छन ।



