जनकपुरधाम,असोज १३ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरेको छापामारीप्रति आपत्ति जनाएका छन्। राउतले अख्तियार प्रमुख प्रेम राईलाई फोन गरेर यस्तो आपत्ति जनाएका हुन्।
‘अख्यितारको टोली छापामार शैलीमा आएर फाइल लिएर जाने तरिका ठीक भएन,’ मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा अख्तियारको छापामारीपछि साँझ पत्रकार सम्मेलन गरेर राउतले भने,‘यो तरिका ठीक भएन भनेर मैले प्रेम राईजीलाई भनेको छु। अख्तियार टोलीको शैली गलत भयो। उहाँले पनि तरिका गलत भएको स्वीकार गर्नुभएको छ।’
संघीयता नरूचाउने तत्वहरूले अख्तियारलाई प्रयोग गरेर बदनाम गराउने षडयन्त्र गरिरहेको उनको दाबी छ। उनले सरकार प्रमुखकको कार्यालयमा कसैले छापा हान्न नमिल्ने तर्क गरेका छन्।
‘सरकार प्रमुखको निकायमा छापा मार्न पाइँदैन। छानबिन नै गर्ने भए फाइल मागेर लिए भइहाल्यो नि। छानबिनमा सहयोग गर्न म आफैं तयार छु,’ राउतले भने,‘तर, अख्तियारको टोली छापामार शैलीमा आउनु उपयुक्त होइन।’
साइकल खरिदमा भ्रष्टाचार भएको आरोप गलत रहेको दाबी गर्दै उनले सार्वजनिक खरिद ऐनअनुसार नै सबै काम भएको जिकिर गरेका छन्। सार्वजनिक खरिद ऐनअनुसार सामान खरिद गर्दा कम्पनीको नाम किटान गर्न नपाइने उनको भनाइ छ।




मुख्यमन्त्री ज्यु त के कमलानगरपालिका मा मेयर को त हेरनुश । अख्तियार पनि डराएको छ।।कहिले छपा हान्ने होला ।2000 को लाइटमा 8000 बिल पास गर्यो रे ।।।।कम से कम मिडिया ले त रुचि रख्नु पर्छ।