रंजन भण्डारी, जलेश्वर १८ मंसिर । मधेशमा जारी आन्दोलनको समर्थनमा अव गाउँघरका बालबालिका पनि सडकमा र्ओलेका छन् । महोत्तरी जिल्लाको ग्रमीण भेगका स्कुले छात्रछात्राहरुले शुक्रबार प्रदर्शन गरेको छ ।
उनीहरुले मधेश आन्दोलनको समर्थन पनि गरेको छ भने पढ्न पाउने अधिकारको पनि खोजी गरेको छ । छात्रछात्राहरुले सरकारसँग पढ्न पाउने वातावरण मिलाई दिन आग्रहसमेत गरेका छन् ।
मधेश आन्दोलन सम्बोधन गर, विद्यार्थीको पढन पाउने वातावरण निर्माण गरलगायतका नारासहित धनुषाको तुल्सियाहीदेखि महोत्तरीको मटिहानी, सिमरदही, पर्सापतैली, सुगा र जलेश्वरका सामुदायिक एवं नीजि विद्यालयका विद्यार्थीहरुले विशाल विद्यार्थी सांग्लो निर्माण गरेका छन् ।
विहिवार नै प्याबसनसंगै सांग्लो निर्माण गरेको विभिन्न श्रोतले जानकारी दिएपनि विहिवार समयमा सुचना न आएकोले शुक्रवारमात्र निकालिएको सांग्लोमा सहभागी शिक्षकहरुले हुलाकी न्यूजलाई बताएका छन् ।
हामी विहिवारको सांग्लो देखेर निक्कै प्रभावित भयौ र विद्यार्थीको अधिकार सुनिश्चितताको लागि हामीले पनि सांग्लो निर्माण गर्नु पर्छ भन्दै स्वस्फुर्तरुपमा आज सांग्लो निर्माण गरेको शिक्षकहरुले बताए
साँग्लोमा मटिहानीको श्री राम उ.मा.वि, नेपाल संस्कृत विश्व विद्यालय, याज्ञवल्क्य लक्ष्मी नारायण विद्यापिठ, श्री वैजनाथ देवनारायण जनता माध्यमिक विद्यालय तुल्सियाही, मा.वि.सुगा, ल.च.मु.उ.मा.वि. जलेश्वर, महेन्द्र उ.मा.वि जलेश्वर, गणेश प्राथमिक विद्यालयलगायतका दर्जनौ विद्यालयको सहभागितामा सो सांग्लो निर्माण गरिएको थियो ।
विद्यार्थीको सांग्लो धनुषाको कोल्हुवा, तुल्सियाही, महोत्तरीको मटिहानी, जलसागर, सुगा हुदै जलेश्वरको शंकरचोकसम्म करिब १२ किलोमिटरसम्म रहेको थियो ।
आन्दोलनमा विद्यार्थीहरुका अभिभावकहरु पनि सहभागि रहेका थिए ।
यता राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा विद्यार्थीको प्रयोग नगर्न आग्रह गर्दै आएको छ ।





