जनकपुरधाम, असोज १२ । रौतहटबाट हत्या आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चपुरका प्रहलाद फुयाल, पर्साको पर्सा गढी नगरपालिका ३ का रमेश पहरी र नवलपरासीको कावासोती नगरपालिका ८ का २३ वर्षीय सूर्यबहादुर भण्डारी रहेका छन् ।
सोमबार चन्द्रपुर नगरपालिका ३ गैडाटारका ५० वर्षीय रोहिनीप्रसाद घोरसैनीको हत्या आरोपमा उनीहरुलाई पक्राउ गरेको रौतहटका प्रहरी उपरीक्षक बिनोद घिमिरेले जानकारी दिए ।प्रहरीको अनुसन्धानमा हत्याको मुख्य योजनाकार देखिएको चन्द्रपुर नगरपालिका ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोलप्रसाद बोल्खेका भने पक्राउ परेका छैनन् ।
पक्राउ परेकाहरुलाई जिल्ला अदालत गौरबाट १० दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।गत भदौ २६ गते रोहिनीको हत्या भएको थियो । एसपी घिमिरेका अनुसार करिब १८ वर्ष अघिको रिसइवी साँध्न फुयालको सहकार्यमा तीन लाख रकम लिएर हत्या गरेको आरोप लागेको छ । डिल भएवापतको रकममध्ये ४० हजार नगद र पटकपटक गरी १ लाख ३५ हजार आईएमईबाट दिएपछि चारै जनाले मिलेर हत्या गरेको उनको भनाइ छ । चन्द्रपुर नगरपालिका ४ कप्तान टोल बस्ने सहदेव भन्ने डोलप्रसाद बोल्खेको घरमा बोक्सी लगाउँदा घरका सदस्यहरू बिरामी परेपछि धामी घोरासैनीलाई मार्ने जालो बनाएको आरोपितहरूले प्रहरीसमक्ष बयान दिएका छन् ।



