जनकपुरधाम,असोज ११ । शहीदनगर नगरपालिकाको विकट क्षेत्रमा पर्ने वडा नम्बर ८ डुमरियाका ५ सय ५० जना स्थानीयलाई स्वास्थ्य उपचार सेवा दिइएका हुन् । वडा नम्बर ८ का वडाध्यक्ष तनुकलाल कुसियैतको उपस्थितिमा त्यहाँका स्थानीयलाई जानकी मेडिकल शिक्षण अस्पतालका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए । शिविरमा गाइनो विशेषज्ञ चिकित्सक चन्द्ररेखा इसार, सर्जरीका चिकित्सक रोविन प्रताप साह, बालरोग विशेषज्ञ चिकित्सक दीपकराज पौडेल लगायतका चिकित्सकहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।

यस स्वास्थ्य शिविरमा गाइनो, सर्जरी, बालरोग लगायतका बिरामीहरुलाई उपचार सेवा प्रदान गरिएको थियो भने  निःशुल्क रुपमा आयोजना गरिएको यस शिविरमा स्वास्थ्य उपचार सेवाका साथै उपलब्ध औषधीहरु समेत दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.