हुलाकी न्यूज, काठमाडौं १८ मंसिर । नेपाल मानव अधिकार संगठनले मधेशका ८ जिल्लाको स्थलगत अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदनमा मधेशीहरुमा अव मधेश प्रदेशको लागि नभई मधेश देशको लागि आन्दोलन गरौं भन्ने भावना जागेको उल्लेख गरिएको छ ।

शुक्रबार काठमाडौंको रिपोर्टस् क्लवमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनमा भनिएको छ,‘मधेश आन्दोलन जनताको तल्लो तहसम्मै पुगेको छ, दोस्रो दर्जाको नागरिकको रुपमा ठानेको, सेना र प्रहरीसँग लड्ने भए किन प्रदेशको लागि देशकै लागि लडौ भन्ने भावना विकास भएको छ ।’

संगठनका अध्यक्ष ईन्द्र अर्याल, महासचिव महामुनिश्वर आचार्य र पूर्व उपाध्यक्ष प्रा.डा.गोविन्द ढकाल नेतृत्वको टोलीले मंसिर ६ गतेदेखि ९ गतेसम्म सम्बन्धीत जिल्ला गएर प्रतिवेदन तयार पारेको छ । मधेश देशकै लागि लडौ भन्ने भावना विकास हुन थालेकोले समस्या जटिल बन्दै गएको निष्कर्स पनि प्रतिवेदनमा निकालिएको छ ।

प्रतिवेदनल प्रधानमन्त्री केपी शर्मा ओलीको अभिब्यक्तिको कारण आन्दोलन थप चर्किएको दावी गरेको छ । राष्ट्रिय सञ्चारमाध्यम संयमित हुनु पर्ने, उनीहरुको ११ बुँदे मागलाई गम्भीररुपमा लिनु पर्ने निष्कर्स पनि प्रतिवेदनले निकालेको छ ।

पत्रकार सम्मेलनमा संगठनका अध्यक्ष अर्यालले प्रधानमन्त्रीलाई जनताप्रति उदार र जिम्मेवार हुनु पर्ने आवश्यकता औल्याउँदै मधेशको विषयमा बोल्दा सबैले समान धारणा बनाएर बोल्नु पर्ने सुझाव दिए ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.