जनकपुरधाम,असोज ११ । गाँउ विकास मञ्च बसविट्टीले आफ्नो १३ औं वार्षिकोत्सबको अवसरमा श्री माध्यमिक विद्यालय बसविट्टीमा विद्यालय स्तरीय हाजिरी जबाफ प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ ।

मञ्चको कोषाध्यक्ष पञ्चलाल मण्डलको अध्यक्षतामा महासचिव सुदिप मण्डलले सञ्चालन गरेको उक्त कार्यक्रममा स्थानीय समाजसेवी बिलट मण्डल, इश्वर मण्डल, राजकुमार सहनी, वडासदस्य राजकुमार पण्डित, मञ्चका सल्लाहकार जैसिलाल मण्डल, विद्यालयका प्रधानाध्यापक उमाकृष्ण कर्ण लगायत शिक्षक, अभिभावक, विद्यार्थी, स्थानीय तथा मञ्चका सदस्यहरुको उपस्थिति रहेका थिए।
प्रतियोगितामा सहभागी १६ जना विद्यार्थी मध्ये प्रत्येक समुहमा ४/४ जना पर्ने गरि दुधमती, कमला, बलान र कोसी नदीहरुको नामबाट चार वटा समुहमा बिभाजन गरिएको थियो ।
जस्मा २८ वटा प्रश्न सोधिएको कार्यक्रममा ११ अंक प्राप्त गरि बलान समूह प्रथम भएको छ । यसैगरी ८ अंक प्राप्त गरि दुधमती समूह द्वितीय, ४ अंक प्राप्त गरि कोसी तृतीय र २ अंकका साथ कमला अन्तिम भएका छन् भने तीन वटा प्रश्नको जबाफ कुनै समुहले दिन सकेको थिएन । सहभागी सम्पुर्णलाई मञ्च द्वारा उचित पुरस्कार प्रदान गरेका छन् ।



