जनकपुरधाम ,असोज १० । जनकपुरको पीडारीचोकमा मोटरसाइकले टिपरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक भारतीय नागरिक आनन्द किसोर दस रहेका छन् ।
जनकपुरबाट ढल्केबर तर्फ जान लागेको ना . ७ ख ४७४८ नम्बरको टिपर विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएका छन् भने 
ठक्कर पश्चात् टिपरमा आगो लागेर पूर्ण रुपमा जलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 



