वृजराज कुशवाहा, नवलपरासी, १७ मंसीर । नवलपरासीमा बिहिवार विद्यालयका विद्यार्थीहरुले १३ किलोमिटर लामो मानव साङ्लो बनाएका छन् । उनीहरुले जारी मधेश आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता प्रकट गर्दै मानव साङ्लो बनाएका हुन् ।

विगत ४ महिनादेखि चलिरहेको मधेश आन्दोलनको काठमाडौंमा विरोध गरिएपछि तराई मधेशमा मानव साङ्लो बनाई जवाफ दिन थालिएको छ ।

नवलपरासीको परासी बजारदेखि भारतीय सीमावर्ती शहर महेशपुरसम्मको पक्की सडकमा त्यस क्षेत्रका विद्यार्थीहरु मानवसाङ्लोेमा सहभागी भए । विद्यार्थीले बनाएको मानवसाङ्लो १३ किलोमिटर लामो थियो ।

Nawalparashi human chain4

मानवसाङ्लोमा जिल्लाको दक्षिणी भेगका सरकारी तथा गैरसरकारी विद्यालयका विद्यार्थीहरु सहभागी भए ।

मानवसाङ्लोमा सहभागी विद्यार्थीहरुले स्टप स्टेट किलिङ, सरकार उत्तरदायी बन, गर्व से कहो हम मधेशी है, मधेश एकता जिन्दाबाद, मधेश आन्दोलनको माग सम्बोधन गरलगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । मानवसाङ्लोमा सहभागी विद्यार्थीहरुले मधेश विरोधी सरकार राजीनामा देउ, भन्दै नाराबाजी समेत गरेका थिए ।

Nawalparashi human chain2

मधेशी थरुहट विद्यार्थी मानवसाङ्लो नवलपरासी र महेशपुर धार्मिक एवं समाजिक कार्य समिति महेशपुर परिवारले आयोजना गरेको थियो । मानवसाङ्लोमा विद्यार्थीहरु सहभागी भएको खबरले हर्षित भएका स्थानीयवासीले उनीहरुलाई हौसला प्रदान गरेका थिए ।

मानवसाङ्लोमा १५ हजार बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

Nawalparashi human chain3

मानवसाङ्लोको पत्रकार, मानवअधिकारकर्मी, राष्ट्रिय मानवअधिकार आयोग उपक्षेत्रीय कार्यालय बुटवलले अवलोकन गरेका थिए । राष्ट्रिय मानवअधिकार आयोगले बालबालिकालाई प्रदर्शनमा सहभागी नगराउन यसअघि नै आह्वान गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.