हुलाकी न्यूज, मलंगबा १७ मंसिर । विहीबार दिउँसो सर्लाहीको नवलपुरमा आयोजित मधेशी मोर्चाको कार्यक्रममा घाइते २८ जना अहिलेसम्म जिल्ला अस्पताल मलंगवामा उपचारका लागि पुगेका छन् । गम्भीर घाइते ८ जनाको उपचार मलंगवामा सम्भव नभएपछि उनीहरुलाई भारतको सितामढी र पटना रेफर गरिएको जिल्ला अस्पताल मलंगवाले जनाएको छ ।

पत्रकार पंकज दासले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार दुई जनाको अवस्था गम्भीर रहेको छ र उनीहरुलाई पटना रेफर गरिएको छ । बाँकी ६ जनालाई सितामढीतिर लगिएको भने अन्यहरुको उपचार जिल्ला अस्पताल मै भइरहेको छ ।

पत्रकार दासले दिएको जानकारीअनुसार मलंगवाबाट अहिले पनि दुई वटा एम्बुलेन्स घाइतेहरुलाई ल्याउन नवलपुर पुगेको छ ।

एमाले कार्यकर्ताद्वारा प्रदर्शन जारी

मोर्चाको कार्यक्रम विफल गरेपछि नेकपा एमालेका कार्यकर्ताहरुले नवलपुरमा प्रदर्शन गरेको छ । चुरेभावरको झण्डा बोकेका एमाले युवा संघ तथा एमालेका कार्यकर्ताहरुले अबेर साँझसम्म प्रदर्शन गरिरहेको स्थानीय पत्रकारहरुले हुलाकी न्यूजलाई बताएका छन् ।

हुलाकीलाई प्राप्त जानकारीअनुसार मधेशी मोर्चाको कार्यक्रममा आएको दुईवटा मोटरसाइकल एमाले कार्यकर्ताहरुले जलाएका छन् । तर प्रहरीले पुष्टि गरेको छैन ।

यता राष्ट्रिय मानव अधिकार आयोगको गाडिमा चुरेभावरका कार्यकर्ताहरुले आगजनी गरेको मोर्चाका नेताहरुले बताएका छन् । मोर्चाका नेताहरुले मानव अधिकार आयोगको गाडि जलाउने विषयमा तत्काल छानविन गर्न पनि माग गरेको छ ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.