जनकपुरधाम,असोज ६ ।  नेपाल सरकारले नेपाल भारतको सीमा नाका खुल्ला गर्ने निर्णय गरेपछि जनकपुरधामको व्यापारी तथा पर्यटन व्यवसायीहरू खुसी भएका छन् ।

कोरोना महामारीका कारणले नेपाल भारतको सीमा नाका विगत दुई वर्षदेखि बन्द हुँदा भारतीय पर्यटकहरू आउन कमी भएको थियो । अहिले कोरोना महामारी कम भएपछि नेपाल सरकारको असोज ५ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल भारतको अन्तर्राष्ट्रिय सीमा नाका खुल्ला गर्ने निर्णय गरेका थियो ।कोरोना महामारीको अवस्था अहिले दुवै देशमा सामान्य हुँदै गएकोले सरकारले सीमा नाका खुल्ला गर्ने निर्णय गरेको हो ।

जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले सीमा नाका खुल्ला भएपछि भारतसँगको व्यापार व्यवसायमा सहजता हुने बताउनुभयो ।उहाँले दुवै देशमा कोरोना महामारी नियन्त्रण उन्मुख भएकाले सीमा नाका खोल्ने सरकारको निर्णय स्वागत योग्य भएको बताउनुहुँदै यसको शीघ्र कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो ।पर्यटन व्यवसायी सन्तोष साहले सीमा नाका खुल्ला भएपछि जनकपुरधामको धार्मिक पर्यटन प्रबद्र्धनमा ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । जनकपुरमा विगत दुई वर्षदेखि धार्मिक पर्यटक आगमनमा निक्कै कमी आएको छ ।

जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दासले कोरोनाका कारणले बन्द रहेको नेपाल भारतको अन्तर्राष्ट्रिय सीमा नाका खुल्ला भएपछि जनकपुरधामको भ्रमणमा आउने धार्मिक पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताए ।उहाँले विगत दुई वर्षदेखि कोरोना महामारीका कारणले नेपाल भारतको सीमा नाका बन्द भएका कारणले धार्मिक पर्यटकको आगमनमा व्यापक मात्रामा कमी आएको बताए ।जनकपुरधामको जानकी मन्दिरमा पूजा अर्चनाका लागि भारतको सीमावर्ती राज्यका अतिरिक्त उत्तराखण्ड, गुजरात, दिल्ली, मद्रास, आन्द्रप्रदेश, हिमाचल सहितका राज्यहरूबाट ठूलो सङ्ख्यामा पर्यटकहरू आउने गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.