जनकपुरधाम,असोज ५ । गत “भदौ १८” गते जयनगर स्थित वरही गाउँको नहरमा सिरहा गोलबजार नगरपालिका वडा नं.४ बस्ने ३९ वर्षीय दुखरन महरा मोचीको घाँटी रेटेर ह’त्या भएको अवस्थामा शव फेला परेको थियो ।

सो घटनाको अनुसन्धनको क्रममा उनकी श्रीमती ३८ वर्षीया हरिहर देवी मोचीकै योजनामा हत्या भएको खुलेको हो ।सिरहा प्रहरीका अनुसार श्रीमती हरिहर देवीले १७ गते श्रीमान दुखरनलाई उपचारको बाहानामा भारत, जयनगर पुर्याइन् ।

त्यहाँ उनले श्रीमान दुखरनलाई हत्या गर्न भारतीय नागरिक मुकेश यादव लगायतलाई ६० हजार नेपाली रुपैयाँ दिएकी थिइन् । सोहिदिन दुखरनको घाँटी रेटेर हत्या भएको हो ।

घटनाको अनुसन्धनको क्रममा प्रहरीले हरिहरदेवी लाई आइतबार पक्राउ गरेको हो । श्रीमानको कर्तव्य गरी हत्या गराएको कसुरमा श्रीमती हरिहरदेवी महरामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.