रंजन भण्डारी, जलेश्वर, १७ मंसिर । जारी मधेश आन्दोलनमा प्रहरीको गोलीले रुपन्देहीमा चार वर्षीय बालक चन्दन पटेल र टिकापुरमा दुधे बालकसहित कैयौं बालबालिका मारिएका छन् । प्रहरीद्वारा बालबालिका मारिएको त्रासमा महोत्तरीका बालबालिकाले हाम्रो हत्या नगर्नुस भन्दै प्रदर्शन गरेका छन् ।
बिहिबार निजी विद्यालयका छात्रछात्राहरुले मानव साङ्लो निर्माण गर्दै प्रहरीहरुको खुट्टा समेत ढोगेका छन् । खुट्टा ढोग्दै उनीहरुले प्रहरीलाई फूल दिएर बालबालिकाको हत्या नगर्न आग्रह गरे ।
मानव साङ्लोमा सहभागीहरुले बालबालिकाको सवालमा शान्त एवं सयम भईदिन प्रहरीसँग आग्रह गरे ।
उनीहरुले मधेशको मांग अविलम्ब पुरा गर, विद्यार्थीलाई पढ्ने लेख्ने वातावरण निर्माण, बाल हत्या वन्द गर, विद्यालयलाई शान्ति क्षेत्र स्थापना गरलगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए । मानव साङ्लोमा महोत्तरीको जलेश्वर, एकडारा, पडौल, बनौटा, मटिहानी, औरही, रामगोपालपुर, गौशाला, सोनामाईलगायतका अधिकांश ठाउँका विद्यालयका बालबालिकाहरु सहभागी भएका थिए ।
बिहान १० बजेदेखि सुरु भएको साङ्लो ११ बजेसम्म रहेको थियो भने एकडारालगायतका केही स्थानमा बिहान ८ बजेदेखि नै छात्रछात्राहरु साङ्लोमा बसेका थिए । साङ्लोमा सयौं विद्यालयका हजारौं छात्रछात्राहरुको सहभागिता रहेको थियो ।
यता, राष्ट्रिय मानव अधिकार आयोगले आन्दोलनमा बालबालिकाको प्रयोग नगर्न आग्रह गर्दै आएको छ ।








plz don’t us the child … on your protest….
अत्यन्त मर्मस्पर्शी कुरा वालवालिकाहरुले ईंगित गरेका छन् । वास्तवमा कुनै बालक पनि मधेशी, पहाडे, हिन्दु, मुश्लिम, शिख, ईसाई हुंदैन । उनीहरु केवल भगवानका साक्षात रुप हुन जसलाई धर्म, वर्ग, जात जातीले छुट्याउन हुंदैन । हामी लडिरहेका छौ के को लागी भगवान जानुन् तर सृष्टीका यी अमुल्य स्वरुपहरु विनाश गर्ने हामी कुनै पनि व्यक्तीको अधिकार छैन र गर्नु पनि हुंदैन । आन्दोलनकारी माग र सरकारको हठमा यी मुनाहरु पिसिएका छन् त्यसैले सवैले एउटा कुराको प्रण गरौं हामी जान्ने सुन्ने भनाउंदाहरु जे नाममा लडे पनि यी बालवालिकाहरुलाई त्यसबाट अछुतो राखौं ।
के गर्ने यो देश नेपाल हाम्रो होइन जस्तो लग्न थाल्यो । यो देस मा नेपाली भासी मात्रै नेपाली हुन् रे नेपाली भासी संग मात्रै राष्ट्रियता छ। न भए नेपाल को मधेस मा बस्ने मधेसी … ……… र दार्जीलिंग , सिक्किम मा बस्ने नेपाली हुन्थे त ?
सरकार को आखा चाडै खुलोस। यो ओली को सरकार कि गोलि को ??????????????????????????