जनकपुरधाम,४ असोज । डा सीके राउत नेतृत्वको जनमत पार्टी धनुषा जिल्ला समन्वय समितीको पुर्ण बैठक सम्पन्न भएको छ। सोमबार जनमत पार्टी धनुषा अध्यक्ष ओम बिक्रम कुशवाहाको अध्यक्षतामा जिल्ला समन्वय समितिको पुर्ण बैठक सम्पन्न भएको छ। सो बैठकमा पार्टीका जिल्ला सहसचिव नवीन पण्डितले पार्टीको केन्द्रिय कार्यकारिणी समितिको निर्णयहरु प्रस्तुत गरेको छ।त्यसैगरी निर्देशीका जिल्ला अध्यक्ष ओमबिक्रम कुशवाहाले पार्टीका केन्द्रिय कार्यकारिणी समितीले उपलब्ध गराएको निर्देशीका प्रस्तुत गर्नुभएको हो।
पार्टीका जिल्ला सचिव बिजय साहले जिल्ला कार्यकारिणी समितीको बैठकबाट भएको निर्णयहरु प्रस्तुत गरेका हुन। उक्त बैठकमा केन्द्रिय सदस्य इन्द्रजित यादव,रेखा मण्डल, जिल्ला उपाध्यक्ष उपेन्द्र रोहिता,फुलकुमारी यादव,सचीव बिजय साह,सहसचिव नवीन पण्डित ,कोषाध्यक्ष किलेश मण्डल रहेको थियो । त्यसैगरी पार्टीका जिल्ला कार्यकारिणी समितिका पदाधिकारीहरु ,जिल्ला समन्वय समितिका पदाधिकारीहरु,जनवर्गीय संगठनका प्रमुख र सचीव , नगरपालिका ,गाउँपालिका र वडाका प्रमुखहरुको उपस्तिथिमा जनमत पार्टी धनुषाको जिल्ला समन्वय समितिको पुर्ण बैठक सम्पन्न भएको छ।





