जनकपुरधाम,असोज ३ । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल धनुषाले जनकपुरधाममा वृहत विरोध रयाली प्रर्दशन गरेको छ । असोज ३ गते घोषित कालो दिवस मनाउनका लागि आइतवार स्थानिय जनकचौकबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै पुन जनकचौकमा पुगेर कोणसभामा परिणत भएका थिए ।

कोणसभामा बोल्दै लोकतान्त्रीक समाजवादी पार्टीका केन्द्रिय सदस्य तथा प्रदेशसभा सदस्य परमेश्वर साहले देशको शाषन सत्ताले अहिले पनि मधेशमाथि विभेद कायम राखेको र संविधान संसोधन गर्नका लागि अहिले पनि नमानेको ले संविधान दिवसलाई कालो दिवसको रुपमा मनाउनु परेको बताउनुभयो। उनले देशमा लागु गरिएको रक्तरंजित संविधानलाई संसोधन नगरेसम्म लोसपाको विरोध जारी रहने बताएकाछन्।

कार्यक्रममा लोसपाका केन्द्रिय सदस्य राजीव झाले सम्पुर्ण विभेदमा परेका समुदायको मुद्दा सम्वोधन हुने किसीमको संविधान जारी नगरे सम्म लोसपाले आफनो विरोध जारी राख्ने बतानुभयो। उनले भने एकातिर मधेशका विरशहिदहरुको लाश जल्दै थियो भने अर्को तिर संविधान जारी भएको भन्दै भोज भतेर गरिदै थियो । आफनै देशका नागरिकको हत्यामा खुसी मनाउने शाषक वर्गहरु नझुकेसम्म आन्दोलन जारी रहने उनको भनाई रहेको थियो।

कोणसभामा बोल्दै लोसपाका केन्द्रिय सदस्य संजय चौधरीले नश्लवादी चिन्तनले ओतप्रोत रहेको खस शाषकहरुले मधेशीहरुलाई आफनो कव्जामा राख्नका लागि यस्तो विभेदी संविधान जारी गरिएकोले सबैको मुद्दा सम्वोधन हुने गरि संविधानमा संसोधन नगरिए सम्म लोसपाले विरोध नरोक्ने बताए । त्यस्तै कार्यक्रममा लोसपाका नेता महाशंकर ठाकुरले समेत वर्तमान संविधानमा रहेका त्रुटिको विषयमा वताएका थिए ।लोकतान्त्रीक समाजवादी पार्टीले विरोध रयालीका साथै साझ साढे ६ बजे पुर्ण अन्ध्यारो गरेर ब्लेक आउट समेत मनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.