हुलाकी न्यूज, जनकपुरधामः पूर्वयुवराज्ञी हिमानी शाह जनकपुरधाम आउने भएकी छिन्। हिमानी ट्रष्टको कार्यक्रममा सहभागी हुन शाह आइतबार जनकपुरधाम आउने जनाइएको छ।
आइतबार दिउँसो ३ः३० बजेको विमानबाट जनकपुरधाम आउने कार्यक्रम रहेको शाहको सचिवालयले जनाएको छ।
सोमबार विहान ११ बजे जनकपुर चुरोट कारखाना नजिकै रहेको सकल भवन कन्या माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई खानेपानी सम्बन्धी सामाग्री वितरण गर्ने कार्यक्रम रहेको छ।
हिमानी ट्रष्टले देशको विभिन्न भागमा समाजिक कार्य गर्दै आएको छ।