नेपाली राजनीतिमा समय–समयमा भारतीय प्रोफेसर एसडी मुनी (शुखदेव मुनी)को चर्चा हुने गरेको छ । नेपाल सम्बन्धी जानकार मानिने प्रो.मनी यस पटक मधेशमा जारी आन्दोलनलाई सकारात्मकरुपमा लिएका छन् । नेपालका राष्ट्रिय राजनीतिक पार्टीहरुले मधेशी–थारुको हकअधिकार दिन नचाहेको उनको ठम्याई रहेको छ ।

हाल नेपाली मिडियाले चर्चाको विषय बनाएको भारतीय नाकाबन्दीका बारे प्रो.मुनी भन्छन्‘त्यो अवरोध मधेशीहरुले गरेको हो भारतले होइन ।’ इतहास क्रममा भारतले अहिलेसम्म नेपालको साथ दिदै आएको र पछिल्लो समयमा पहिलो पटक मधेशको साथ दिएको प्रो.मुन्नीले स्वीकारे छन् । मधेशमा जारी आन्दोलनमा केन्द्रीत भई हुलाकी न्यूजका सम्पादक बीपी साहले दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालयमा प्रो.मुनीसँग गरेको कुराकानीको सम्पादित अंश ।

अहिले मधेशमा जारी आन्दोलनप्रति तपाईको धारणा के छ ?

मधेशमा जारी आन्दोलन जसमा थारुहरु पनि मिलेका छन्, त्यो आन्दोलन र संघर्ष आफैमा उचित हो । किनकि जुन हक उनीहरुले पाउनुपर्ने थियो त्यो पाएका छैनन् । जुन बाचा उनीहरुसँग गरिएको थियो त्यो पूरा गरिएको छैन । गिरिजाबाबुसँग जुन सहमति भएको थियो त्यो लागू गरिएको छैन । अन्तरिम संविधानमा जुन आश्वासन दिइएको थियो, त्यो पनि कार्यन्वयन भएको छैन । जनआन्दोलनको समयमा जुन रुपरेखा तय गरिएको थियो त्यसमध्ये केही पनि लागू गरिएको छैन । त्यसैले उनीहरुको आन्दोलन एकदम उचित हो ।

तर आन्दोलनमै रहेका मधेशवादी शक्तिबीच पनि र राष्ट्रिय पार्टीहरुबीच पनि निकै मतान्तर देखिन्छ नि ?

बीचमा थारु नेतृत्वहरु मधेशबाट जसरी अलग भए त्यो एउटा समस्या देखिएको थियो । नेपालका सत्ताधारी दलहरुले यिनीहरुसँग हात मिलाए र आश्वासन दिए कि उनीहरुको माग पूरा गरिन्छ । तर, उनीहरुको माग पनि पूरा गरिएन । त्यसैगरी मधेशको माग पनि पूरा गर्ने प्रश्न नै उठ्दैन । एमालेको एउटा सशक्त विचारधारा छ कि मधेश र जनजातिको माग कुनै पनि हालतमा पूरा हुन दिन्नौं भनेर । त्यसैले आन्दोलन आफैमा उचित छ ।

अनी मधेशी नेताको नि ?

समस्या यो छ कि जो मधेशका नेतृत्वहरु छन् उनीहरुको विश्वसनीयता गुमिसकेको छ । धेरै यस्ता नेतृत्वहरु छन् जो राजतन्त्रसँग मिलेका थिए, धेरै यस्ता नेतृत्वहरु छन् जसका छबि सफा छैन । जो नयाँ मधेशी र थारु नेतृत्वहरु छन् उनीहरु यी नेतृत्ववर्गसँग धेरै नै असन्तुष्ट छन् । तैपनि उनीहरु यी नेतृत्वहरुसँगै छन् तर, युवापीढिहरु धेरै नै आक्रोश र पीडा छ । उनीहरु भन्दैछन् कि हाम्रो कुरा मानिएन भने हामी अझ बढी अग्रसर हुन्छौं र हिंसा पनि भड्काउन सक्छौं । मलाई त्यो कुरा मन पर्दैन किनभने हिंसाबाट कुनै समस्याको समाधान हुँदैन ।

Sd-muni

अनि आन्दोलनप्रति राज्यको भूमिका कस्तो हेर्दैहुनुहुन्छ ?

राज्यको प्रस्तुति विल्कुलै गलत हो । जुन तरिकाले प्रहरीको प्रयोग गरिएको छ, तराईमा त्यो गलत हो । आजसम्म लगभग ५० जनाको हत्या भइसकेको छ । यसमा कुनै हिसाबकिताब पनि भएको छैन कि कति जना मारिएको छ र कति जना बेपत्ता छन् । यसप्रकारले आन्दोलितहरुसँग भिडेर समस्याको समाधान हुँदैन । काठमाडौंमा यस्ता धेरै आन्दोलन भयो, महिलाहरुले पनि विरोध गरे । तर, उनीहरुको विरुद्धमा यप्रकारको बल प्रयोग गरिएन ।

किनकि काठमाडौंमा नेतृत्वको एउटा यस्तो हिस्सा छ जसले यो बुझ्छन् कि मधेशीहरु आन्दोलन गर्नै सक्दैनन् । अलिकति शक्ति प्रदर्शन गर्ने बित्तिकै आन्दोलन समाप्त हुन्छ भन्ने मानसिकता काठमाडौंका नेतृत्ववर्गको छ । यस्तो सोचेर उनीहरुले मधेश आन्दोलनमा बल प्रयोग ग¥यो । तर, यस्तो आलोचना मानव अधिकारवादी संघसंस्थाहरुले समेत गरिसकेका छन् । संयुक्त राष्ट्र संघमा पनि यस विषयमा सवाल उठिसकेको छ । बल प्रयोगबाट कुनै किसिमको लाभ त भएको छैन भन्ने स्पष्ट छ ।

मधेश आन्दोलनमा भारत र चीनको भूमिकालाई कसरी लिनु हुन्छ ?

जहाँसम्म भारत र चीनको भूमिकाको कुरा छ, यसमा चीन सधैं खुशी रहन्छ कि तराईका मान्छेको उपस्थिति राजनीति र अन्य कुराहरु जति कम पहुँच हुन्छ त्यति नै राम्रो हुन्छ । तर, भारत सधैं यो चाहन्छ कि तराईवासीहरुको पनि पहुँच सम्मानजनक होस् । सत्ता र संविधानमा उनीहरुष्को हिस्सेदारी होस् ।

त्यसैले भारत र चीनको विचारा अलि फरक छ । चीनको सिधा सम्पर्क नेपालको राजनीतिसँग छैन । तर, हिन्दूस्तानको सिधा सम्पर्क नेपालको राजनीतिसँग रहिआएको छ । विशेषगरी, राणाहरुको शासन जब अन्त्य भयो १९५० र १९५१ मा त्यहाँदेखि लगातार जब–जब जनतन्त्रको कुरा आएको छ त्यहाँ भारतलाई आउनुपरेको छ । जुन घटना नेपालमा हुन्छ त्यसको असर भारतमा पर्छ र भारतमा घटना हुँदा नेपालमाथि असर पर्छ । भारतको स्वाधिनता संग्राम कैयौं नेपालीहरु सहभागी थिए, विश्वेश्वर प्रसाद कोइरालाजीले पनि भाग लिएका थिए ।
कम्युनिष्ट आन्दोलनको उत्पति भारतबाट भएको हो, पुष्पलाल श्रेष्ठजीले सन् १९४७/४८मा सुरु गर्नुभएको थियो ।

यसप्रकारले भारतसँग अत्यन्तै घनिष्ट सम्बन्ध रहिआएको छ । भारत र नेपालको जुन सम्बन्ध छ, त्यो सम्बन्ध चीनसँग सामाजिक स्तरमा छैन । यसैले नेपालको राजनीतिमा भारतको भागिदारी हुनुलाई अस्वीकार गर्न सकिन्न । तर, भारतको समर्थन यसपाली मधेशसँग छ । यसमा एउटा कुरा जोड्न चाहन्छु कि यसभन्दा पहिला भारतले कहिल्यै पनि मधेशसँग यसप्रकारको सम्वेदना प्रकट गरेको थिएन । यो पहिलोपटक हो कि भारतले मधेशको पक्षमा आवाज उठाएको छ ।

तर, नेपालका अर्को समुदाय अलिबढी नै रुष्ट भएका छन् नि ?

हैन, उनीहरु बढी रुष्ट भएका छन् भने त्यो उनीहरुको इच्छा हो । उनीहरु रुष्ट यसका लागि भएका छैनन् कि भारतले आवाज उठाएका छन्, बरु रुष्ट यसकारण भएका छन् कि भारतबाट उनीहरुको आपूर्ति बन्द भएको छ । तर, त्यसको कारण भारत होइन कि मधेशमा जुन आन्दोलन भइरहेको छ त्यो ठूला कारण हो । सुरुमा जब आन्दोलन भइरहेको थियो त्यतिबेला सामान रोकिएको थिएन । जब मधेशका मान्छेले सोच कि काठमाडौं यसरी हाम्रो सुन्दैन अनि सामान रोक्न सुरु ग¥यो । त्यसको असर आम नेपालीमाथि हुन पुग्यो । यसकारणले उनीहरु भारत सरकारलाई दोष दिइरहेका छन् । यो पहिलोचोटि भएको होइन, जब–जब काठमाडौंका सत्ताधारीहरुले कुनै चीजमा असन्तुष्ट हुन्छ त्यतिबेला त्यसको दोष भारतमा थोपार्ने गर्छन् ।

तर मधेश आन्दोलनलाई भारतसँग जोडेर बदनाम गरिदै आएको छ नि ?

तपाइँलाई था होला कि जब संविधान बनिरहेको थियो र आन्दोलन चलिरहेको थियो त्यतिबेला प्रधानमन्त्री सुशील कोइरालाले एउटा वक्तव्य दिएका थिए कि भारत यो आन्दोलनलाई उक्साइरहेको छ । उनीहरु कुरालाई यसरी राख्छन् कि मधेशको कुनै माग नै छैन । उनीहरुको सोच छ कि भारतले मात्र एउटा मोहरा जस्तै प्रयोग गरिरहेको छ, जुन गलत छ । मेरो यो प्रयास रहेको छ कि अब त्यो मधेश छैन जुन १९७०, १९८० र १९९० मा थियो । अब मधेश जागृत भइसकेको छ । अब त्यो मधेश हो जसले जनआन्दोलन १ र २ मा पूर्णरुपमा भाग लिएको थियो । त्यहाँका युवापीढिहरु आफ्नाको बारेमा आवाज उठाउँछन् । त्यसैले यो मधेश अलग हो ।

त्यसैले मधेशले जे गर्छ त्यो भारतले भनेर वा भारतको इशारामा गर्छन् सोच्नु गलत हो । किनकि आजभन्दा पहिला कहिल्यै पनि भारतले मधेशलाई समर्थन गरेकै थिएन । जब मधेशले माओवादीहरुको २००७ मा माओवादीहरुको विरोध ग¥यो, त्यो बेला त कसैले भनेन कि भारतको इशारामा गरेको छ । किनकि त्यो बेला कांग्रेस र एमाले दुईटै चाहेको थियो कि माओवादी मधेशमा कमजोर बनोस् । मधेश माओवादीको विरोध गर्दा एमाले र कांग्रेसले यसलाई राजनीतिक दृष्टिकोणले विश्लेषण गरेको थियो । तर, अहिले मधेशलाई आलोचित गरिएको छ । त्यो सही होइन । मधेश अहिले असन्तुष्ट छ । मधेशको असन्तुष्टिका कारण भारतले पहिलोपटक समर्थन गरेको छ ।

2 COMMENTS

  1. Hall samma bharat lay madeshi haru ko sath diya ko thiean ter Bharat tatha anter rastriya samuday lay madheshi haru ko hak hit ko lagi sath dinai perd6.

  2. yii khaswadi ko mutu ma 4 inch kada bijya cha aile…haha…antarastriya samudaya pani madesh ko pakchya mai cha…justice ko pakchya ma cha

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.