हुलाकी न्यूज, वीरगंज, १७ मंसिर । बुधबार वीरगंज नाकामा धर्ना दिएर बसिरहेका मधेशी मोर्चाका कार्यकर्ताहरुमाथि तस्कर र भिजिलान्तेहरुको समूहले आक्रमण गरेको छ । बुधबार राति करिब ७ः३० बजे वीरगंज नाकाको मैत्री पुलस्थित धर्नास्थलमा आन्दोलनकारीको संख्या कम भएको मौका छोपी १५/२० जनाको समूहले आन्दोलनकारीमाथि आक्रमण गरेको संघीय समाजवादी फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादवले हुलाकी न्यूजलाई बताएका छन् ।
प्रहरीकै मिलेमतोमा तस्करहरुले आन्दोलनकारीमाथि आक्रमण गरेको नेता यादवको आरोप छ । धर्ना स्थलबाट करिब दुई किलोमिटरको दुरीमा रहेको वीरगंजस्थित महाविर धर्मशालामा मधेशी मोर्चाको आन्तरिक बैठक चलिरहेको बेला नाकामा कार्यकर्ताहरुको संख्या कम भएपछि प्रहरीको मिलेमतोमा तस्करहरुले आन्दोलनकारीमाथि आक्रमण गरेका हुन् । आक्रमणमा परी केही आन्दोलनकरी घाईते भएका छन् । घाईते हुनेमा नन्दु यादव, फिरोज बादसाह, रन्जित साह, सुरज साह, राम दहिन यादवलगायतका युवा कार्यकर्ताहरु रहेका छन् । उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
धर्ना स्थलमा प्रहरी र भिजिलान्तेहरुले आक्रमण गरेको जानकारी पाउनसाथ आफूहरु बैठक छाडेर नाकामा पुगेको नेता यादवले बताए । नेताहरु धर्नास्थल पुग्ने बित्तिकै आक्रमणकारी फरार भएका थिए ।
मधेशी आन्दोलनकारीमाथि आक्रमण गरेका भिजिलान्तेहरुको समूहलाई पछाडिबाट प्रहरीले सहयोग र समर्थन गरेको नेता यादवले आरोप लगाए । उनले आक्रमणकारीभन्दा करिब दुई सय मिटर पर मात्र प्रहरी उभिएको बताए ।
आक्रमणकारीहरुको पहिचान भईरहेको बताउँदै नेता यादवले केहीको पहिचान भईसकेको जानकारी पनि दिएका छन् । बिहिबार बिहान अनुहार पहिचान भईसकेका केही आक्रमणकारीलाई मधेशी मोर्चाका कार्यकर्ताले कुटपिट पनि गरेको नेता यादवले बताए । उनले अन्यको पहिचान भएसँगै तिनीहरुलाई पनि नछाड्ने चेतावनी दिए ।
नेता यादवले आन्दोलन तुहाउन र आपस मै झगडा गराउन प्रहरीले अहिले माफिया र तस्करहरुको सहायता लिईरहेको आरोप लगाए ।




Nepal serkar lay prahari ,pahadi nagrik tatha gunda haru peryog garer madeshi haru ko daman gernu ko matlab desh ma grih youdh vadakaunu ho.yesh lay desh lai tukryau6.