आशिष गुप्ता, नेपालगंज, १७ मंसिर । नेपालगंजको रुपैडिहा नाकामा प्रहरीले भारतीय नागरिकलाई कुटपिट गरेका छन् । नाकामा बढ्दै आन्दोलन चर्किएपछि विगत केही दिनदेखि आक्रामक बनेको नेपाल प्रहरीले बुधबार भारतिय नाकरिकलाई मधेशी भन्दै कुटपिट गरेको पीडित भारतीय नागरिकहरुले बताएका छन् ।

प्रहरीको कुटाई खाएका भारतीय नागरिक पवन यादवले प्रहरीले मधेशी भन्दै आफूलाई पिटेको बताए । प्रहरीले करिब आठ जना जति भारतीय नागरिकलाई पिटेको भारतीय पत्रकार सन्तोष शुक्लले जानकारी दिएका छन् । शुक्लले बुधबार राति नाकामा प्रहरी र प्रदर्शनकारीबिच झण्डप भएको तीन घण्टापछि नेपाली सीमामा ५ देखि ८ जनासम्म भारतीय नागरिकलाई पिटेको बताएका छन् ।

प्रहरीबाट भारतीय नागरिक कुटिएपछि भारतको सीमावर्ती क्षेत्रका नागरिक आक्रोशित भएको पनि शुक्लले बताए । भारतीय नागरिक कुटिएको विरोधमा बिहिवार रुपैडिहा बजार बन्द हुने स्थानीयले बताएका छन् ।

Bharatiya nagarik

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.