अमरेन्द्र कुमार यादव, ढल्केबर (धनुषा), १६ मंसिर । पूर्व–पश्चिम राजमार्गमा हजारौंको संख्यामा जनसहभागिता गराई संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले इतिहास रच्दैछ । यसअघि कुनै पनि मधेशवादी दल वा संगठनले पहाडी र मधेशीको मिक्स बसोबास भएको राजमार्ग क्षेत्रमा यस्तो कार्यक्रम गराउन सकेको थिएन ।
राजा महेन्द्रले मधेशको बन जंगल फडानी गरेर पहाडी समुदायका व्यक्तिहरुलाई मधेशको जिल्लामा बसाउन थालेपछि त्यस क्षेत्रमा मधेशीको पकड कमजोर हुँदै आएको थियो । मोर्चाले विशाल विरोध सभा गरेर त्यस क्षेत्रमा पुनः मधेशीको पकड जमाउन थालेको छ ।
विराटनगरमा मोर्चाले गरेको कार्यक्रममा हजारौंको सहभागीता पश्चिात धनुषाको ढल्केबरमा बुधबार गरेको विरोधसभामा पनि हजारौंको संख्यामा मधेशीहरुको सहभागिता रहेको थियो ।
विरोधसभामा सहभागि भएका बर्दिवासका राजेन्द्र कुमार सिंह(कोइरी)ले राजमार्ग आसपसमा मधेशीहरुको पकड गुम्दै गएको बताउँदै मोर्चाको कार्यक्रमले यस आसपासका मधेशीहरुमा हौसला बढेको बताए ।
मोर्चाले बुधबार ढल्केबरमा गरेको विरोधसभामा १५ हजारदेखि २० हजार मधेशीको सहभागिता रहेको अनुमान गरिएको छ । कार्यक्रममा पहाडी समुदायका व्यक्तिहरुको पनि उलेख्य उपस्थिति रहेको थियो ।




What !!!! Did they make no.2 better than Singapore?????!!!!!!!!???