हुलाकी न्यूज, काठमाडौं १८ भदौ । जनकपुरधाम र आसपासका क्षेत्रमा आन्दोलन चर्किन थाले पछि संविधान सभाबाट राजीनामा दिएका सदभावना पार्टीका सभासद् संजय साहलाई सिरहा कारागारबाट काठमाडौं ल्याइएको छ ।

विहीबार राती साहलाई सिरहा कारागारबाट काठमाडौंको तिरपुरेश्वरस्थिति केन्द्रीय कारागारमा ल्याइएको हो । सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्षसमेत रहेका साहको निर्वाचन क्षेत्र धनुषाको सदरमुकाम जनकपुरधामामा आन्दोलन चर्किदै गएको छ ।

जनकपुरको आन्दोलनमा सद्भावना पार्टीका कार्यकर्ताहरु निकै सक्रिय देखिएपछि नेता साहको निर्देशनमा आन्दोलन उग्ररुप लिएकोले उनलाई स्थानान्तरण गरेको हुन सक्ने सद्भावनाका नेताहरुको भनाई रहेको छ ।

उनी जनकपुर बंम काण्डमा मुछिएर पुर्पक्षका लागि थुनामा रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.